साना किसान विकास बैंकको अध्यक्षमा पुनः पाठक 

692 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

५ वर्षमा १ हजार गाविसमा साना किसानको कार्यक्रम पुर्याउने प्रतिवद्धता

khem pathakकाठमाडौ । साना किसान विकास वैङ्कको नव निर्वाचित अध्यक्ष खेम वहादुर पाठकले आगामि ५ वर्षमा नेपालका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन। बैंकको शुक्रबार  सम्पन्न १३ औ साधरणसभाबाट अध्यक्षमा निर्वाचित भएपछि पाठकले साना किसानहरुको सेवामा प्रतिवद्ध बैङ्कको सेवा विस्तारसंगै किसान मैत्री कार्यक्रमलाई जोड दिने बताए सहकारी खबर डट कमले खबर लेखेको छ ।

साधारण सभाले नेपाल बैङ्कबाट कुञ्ज प्रसाद मिश्र, कृषि विकास बैङ्कबाट अनिल उपाध्यय, साना किसानका संस्थाबाट खेम वहादुर पाठक, सुकदेव न्यौपाने र रविन्द्र यादव, सेयर धनीबाट उमेश लम्साल र शंकर श्रेष्ठ र विषेशज्ञबाट डा उमकान्त सिलवाल सदस्य रहेको ८ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अहिले ४ सय वटा गाविसमा विभिन्न कार्यक्रम गर्दै आईरहेको साना किसान बैङ्कले पशु विमा र ग्रमिण क्षेत्रमा कृर्षक समुह र सहकारीलाई सहयोग गर्दै आईरहेको छ ।  बैङ्ककले पशु र कृषिका संस्थाहरुलाई तालिम प्रदान गर्ने, ग्रमिण पुश तथा कृषि कार्यकर्तालाई सहजिकरण गरि आप्mनो पशु र कृषिको उपचार आफै गर्न सक्ने बनाउने अभियान पनि सञ्चालन गरेको छ ।

पशु विमा, सहुलियतमा कृषि कर्मका लागि ऋण उपलब्ध गराउँदै आएको बैङ्कले आगामि दिनमा आप्mनो बैङ्कीग कार्यक्रमको क्षेत्र विस्तार गर्दै लैजाने जनाएको छ ।