मिलीजुली महिला सहकारीको अधिवेशन तथा सधारण सभा

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेववेशी, -आर्थिक सशक्तिकरण, सामाजिक रुपान्तरण, समृद्ध समाज निर्माणको लागी सक्षम वित्तिय मिलीजुली सहकारी अभियान भन्ने नाराका साथ मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. थाक्रे ३ महादेववेशी को छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार  महादेववेशीमा सम्पन्न भएको छ ।
गोगनपानी, थाक्रे, भुमेस्थान, तसर्पु र केवलपुरका ४६६ महिला शेयर सदस्य भएको सहकारीको ले दशलाख शेयरपुजी मार्फत निक्षेप संकलन तथा ऋण लगानी सहित ९३ लाख कारोवारबाट तिन लाख अठसठ्ठी हजार वार्षिक खुद मुनाफा आजर्न गर्न सफल भएको प्रतिवेदन प्रस्तुत भएको थियो । सहकारी ले बाल बचत, साधारण बचत, वृद्ध बचत लगाएतको वचत संकलन बाट निक्षेप संकलन गरेको र संकलित निक्षेप रकम शेयर सदस्यहरुको व्यवसायिक कार्यको लागि सुदभ ऋण प्रदान गर्ने गरेको कुरा आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभाले संस्थाको ५ वर्षे व्यवसायिक योजना, विनियम पारित तथा आर्थिक तथा प्रगती प्रतिवेदन पारित गरेको छ भने पुनः शुसिला सुवेदी को अध्यक्षतामा ११ सदस्यित नयां सञ्चालक समिति गठन गरेको छ जसमा निर्मला रुपाखेती, यशोदा विडारी, सनिता रुपाखेती क्रमस उपाध्यक्ष, सतिव तथा कोषाध्यक्ष मा निर्वाचित भएका छन् । त्यस्तै कल्पना रुपाखेतीको संयोजकत्वमा ३ जना लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ । सहकारी संस्थालाई सिड्स धादिङले ५० हजार बरावरको १ थान कम्प्यूटर तथा प्रिन्तर फोटोकपि मेशिन हस्तान्तरण गरिएको छ । साधारण सभा संस्थाका अध्यक्ष शुसिला सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सिर्डस धादिङ का कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस महिला सहकारी संस्था चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाजले गठन गरेको महिला समुहरुको उपलव्धि तथा सशक्तिकरणको उपज भएको सिड्सका अध्यक्ष उर्मिला रेग्मी ले जानकारी दिनुभयो ।