ओलीसामु मधेसी मोर्चा लत्रियो

442 पटक पढिएको

सम्पादक: Dhading News

kp-rajendraकाठमाडौं– पहिले मधेसी मोर्चासँग एमाले अध्यक्ष केपी ओलीले माफी माग्नुपर्ने अडान लिए पनि ओलीले कुनै पनि हालतमा माफी नमाग्ने भए पछि मोर्चा आफैँ लत्रिएको छ  प्रभाव दैनिकमा खबर छ ।
एमाले र मधेसी मोर्चाबीच सम्बन्ध चिसिँदै गएपछि सम्बन्ध जोड्न मोर्चाका नेताहरूले प्रधानमन्त्री सुशील कोइरालालाई मध्यस्थताको अग्रसरता लिन आग्रह गरे पनि कोइरालाबाट पार नलागेपछि मोर्चा बिलखबन्दमा परेको हो ।
कोइराला योे कार्यमा पछि हट्नेवित्तिकै एक मधेसी नेताले भने, ‘प्रधानमन्त्री त देवता हुन्, त्यस्ता निरीह मान्छेले के आँट गर्थे ओलीसँग मिलाउन, कोइरालाका नेता नै ओली हुन्, अहिले, उनले जे चाह्यो त्यही हुन्छ ।’
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ओलीसँग मध्यस्थताका लागि आग्रह गरेको मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताए ।
ओलीले बालुवाटारको बैठकमा सबै समथर भूभागलाई मधेस प्रदेश बनाउन खोजेको भन्दै मोर्चाका नेता राजेन्द्र महतोको भनाइको कडा प्रतिवाद गरेका थिए । त्यसक्रममा उनले अर्काका आँगन र युपी बिहारलाई पनि मधेस प्रदेश बनाउन चुनौति दिएका थिए ।
ओलीको त्यस भनाइले मधेसीको अपमान भएको भन्दै मोर्चाले ओलीले माफी नमागेसम्म एमालेसँग वार्तामा नबस्ने अडान लिएर बसेका छन् ।
यसबीचमा मधेसी मोर्चाका नेताहरू र ओलीबीच अनौपचारिक कुराकानी र भेटघाट भए पनि औपचारिक वार्ता भएको छैन । सभामुख सुवास नेम्वाङको कार्यकक्षमा भएको बैठकमा ओली र विजय गच्छदार सँगै बसेका थिए ।