बन्दखुले सँगै धादिङको जनजिवन सामान्य बन्दै

487 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

policeधादिङ– एकीकृत नेकपा माओवादी सहित ३० दलिय मोर्चाले गरेको ताम्सालीङ बन्द खुलेसँगै धादिङबेसीको जनजिवन सामान्य बन्दै गएको छ । माघ ८ मा संघीयता सहित संविधान जारी गर्नुपर्ने माग राख्दै मोर्चाले गरेको बन्द खुलेसँगै धादिङबेसी बजार सहित मलेखु, आदमटार, गजुरी, गल्छि, महादेवेसी र नौविसे बजारमो जनजिवन सामान्य बन्दै गएको छ । विहानदेखी बन्दकर्ताहरु राजमार्गमा बसेपनी दिउँसोबाट  बन्दकर्ताहरुको संख्या पातलीदैँ गएको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै   पृथ्वीराजमार्ग क्षेत्रको सुरक्षा व्यावस्था कडा पारीएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । दिउँसैबाट पृथ्वीराजमार्गमा निर्वाध रुपमा सवारी सधान चलेपनी कालुपाण्डे मार्गमा भने अपराह्नबाट सवारी चलेका थिए । बन्दकर्ताहरुले धादिङबेसी बीच बजार चोकमा कोणसभा गरी बन्द सफल भएको घोषणा गरेका थिए ।