मानवबेचविखन आरोपीलाई थुनामा राख्न आदेश

733 पटक पढिएको

१६ माघ २०७१, शुक्रबार ०६:२९ सम्पादक: धादिङ न्यूज

kaidi fararधादिङ–दुई बालिकालाई ललाइ फकाइ बिक्री गर्न लागेको भन्ने आरोपमा गिरफ्तार गरिएकी धादिङको साविकको नीलकण्ठ गाविस– वडा नम्बर ४ बिमिरेकी ३७ वर्षीया ठूलीकाली गुरुङलाई जिल्ला अदालतले माघ १५ गते विहीवार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

जिल्लाकै नौबिसे गाविसका १४ र १५ वर्षीया दुई बालिकालाई बिक्री गर्न घरबाट ललाइ फकाइ केटा हेर्न बोलाएर बिक्री गर्न खोजेको आरोप लगाइ पीडित पक्षले प्रहरीमा खबर गरेपछि अभियुक्त गुरुङलाई गत पुस २२ गते नौबिसे गाविस–६ टायलघरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरीको सहयोगमा आफूहरुलाई उद्धार गरिएको बताउँदै बिक्रीका लागि लैजान लागेको किटानी जाहेरी पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । प्रहरीले अनुसन्धानपछि विहीवार जिल्ला अदालतमा पेस गर्दा जिल्ला अदालतले पुर्पक्षका लागि गुरुङलाई थुनामा राख्न आदेश गरेको हो ।