जिल्ला विकास समिति धादिङको २२ औं जिल्ला परिषद सम्वन्धि सूचना

805 पटक पढिएको

२५ माघ २०७१, आईतवार ११:४९ सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाको आ.ब. २०७२/७३ को बार्षिक जिल्ला विकास योजनाका लागि गरिने २२ औं जिल्ला परिषदबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम हुने भएकोले जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जेष्ठ नागरिक, अपाङग, महिला, वालवालिका, आदिवासी र जनजाति, दलित, पिछडिएका वर्ग,  नागरिक समाज, बुद्धिजिबी, पत्रकार लगायत सम्पूर्ण आम सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपशित
मिति : २०७१ माघ २६ गते
स्थान : जिविस सभाहल
समय : दिउँसो १ बजे

साथै उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण दिव्यदर्शन टेलिभिजन, रेडियो धादिङ, रेडियो विहानी, रेडियो लोकतन्त्र,  रेडियो राजमार्ग र कृषि रेडियोबाट हुने व्यहोरा जानकारी गराईन्छ ।

स्थानीय विकास अधिकारी