सामुदायिक रेडियो समुदायप्रति उत्तरदायी हुन नसकेको गुनासो

2171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

radio-jananiचितवन-नेपालमा सञ्चालित सामुदायिक रेडियो समुदायप्रति उत्तरदायी हुन नसकेको गुनासो बढेको छ ।

स्थानीय उत्पादनभन्दा बाहिरका उत्पादन प्रशारण गर्ने गरेकाले सामुदायिक रेडियोको भूमिकामै प्रश्न उठिरहेको सम्बद्ध क्षेत्रका व्यक्तिले गरेका छन् ।

आज चितवनमा चौथो विश्व रेडियो दिवसका अवसरमा भएको अन्तरक्रियामा वक्ताहरूले सामुदायिक रेडियोलाई समुदायको विकासका लागि लाग्न सुझावसमेत दिएका छन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक सङ्घका वरिष्ठ उपाध्यक्ष किशोरजङ्ग थापाले सामुदायिक रेडियोले ६० प्रतिशत विषयवस्तु आफ्नै समुदाय केन्द्रित ल्याउनुपर्ने विधानमै भएकाले रेडियोलाई यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

हाल नेपालमा ७४ जिल्लामा सामुदायिक रेडियो खुलेको र मनाङमा समेत रेडियो खोल्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।