प्रवासी नेपालीद्वारा  दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग

738 पटक पढिएको

२७ माघ २०७१, मंगलवार २०:३९ सम्पादक: धादिङ न्यूज

news pic 3रत्ननगर -दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहनुभएका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग भएको छ । लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्यवाट मृगौला पिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो । आज बछौलीमा आयोजित कार्यक्रममा महासचिव लोप्चन र लायन्स क्लव अफ चितवन राइनो सिटीको अध्यक्ष राजाराम रेग्मीले सयुक्त रुपमा गिरीका भाई टिका गिरीलाई सो रमक हस्तान्तरण गर्नुभएको थियो । गिरीको उपचारको लागि १५ लाख रुपैया लाग्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भाई टिका गिरीले बताउनुभयो । यसैबीच लोप्चनले झुवानीमा रहेको दृष्टिविहीन विद्यार्थीहरुलाई पनि २१ हजार रुपैया सहयोग गरिएको छ । कार्यक्रम सम्पन्न गर्न स्थानीय स्तरमा लायन्स क्लव अफ चितवन राईनो सिटीले संयोजन गरेको थियो ।