शान्ति नेपालको बार्षिक समिक्षा कार्यक्रम

851 पटक पढिएको

४ फाल्गुन २०७१, सोमबार २०:१९ सम्पादक: धादिङ न्यूज

logoधादिङबेसी–धादिङ जिल्लामा स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा काम गर्दै आईरहेको गैरसरकारी संस्था शान्ति नेपाल धादिङको वार्षिक समीक्षा कार्यक्रम सोमवार धादिङबेशीमा सम्पन्न भएको छ । शान्ति नेपालका अध्यक्ष शरण रुचालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कृष्णमान शाक्यले संस्थाको पृष्ठभूमि, संस्थाले अहिलेसम्म संचालन गरेका कार्यक्रमहरु सुरक्षित मातृत्व, आमा समूह तथा सामुदायिक विकास समुहको क्षमता विकास, शसक्तिकरण तथा आयआर्जन, सामुदायिक सरसफाइ अभियानको बारेमा जानकारी गराउनुहुदै भावी रणनितिको बारेमा पनि बताउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले संस्थाले गरेको कार्यक्रमहरु प्रभावकारी रहेको र आगामी दिनहरुमा संस्थाका कार्यक्रमहरु विकट तथा दुर्गम गाविसहरुमा पनि संचालन गर्न सुझाव दिनुभएको थियो । जिल्लाको गजुरीमा कार्यालय राखेर कार्यक्रम गर्दै आईरहेको शान्ति नेपालको सामुदायिक स्वास्थ्य तथा सशक्तिकरण परियोजना कार्यालय सोमवारदेखि बाट धादिङबेसीबाट संचालन गरिएको छ ।