गाविस सचिव हक हित संरक्षण केन्द्रमा चुडामणी पुरी

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- गाविस सचिव हक हित संरक्षण केन्द्र जिल्ला कार्य समिती धादिङको जिल्ला अधिवेशन सोमवार धादिङबेशीमा सम्पन्न भएको छ । अधिवेशनले चुडामणी पुरीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समितीको चयन गरेको छ । समितीको कोषाध्यक्षमा विन्दा कुमारी खड्का, सचिवमा हेम बहादुर वि.क र  सह–सचिवमा दुर्गा प्रसाद रिजाल रहनुभएको छ । त्यस्तै केन्द्रिय प्रतिनिधीमा लक्ष्मण भट्टराई र नारायण कुमार श्रेष्ठ रहनुभएको छ भने अञ्चल प्रतिनिधीमा ठाकुर प्रसाद सिंखडा र पुरुषोतम मिश्र रहनुभएको छ ।