चितवनको चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल
929 पटक पढिएको
चितवन-चितवनको विकट गाविस चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल भएको छ । बालगौरी कृषक शहकारी लिमिटेड चण्डिभञ्ज्याङ ५ किटस्वरा चितवन अन्तरगतका कृषक समुह चण्डिभञ्ज्याङ ६ रैबुङले परिक्षण स्वरुप लगाएको कफी खेती सफल भएको हो । परिक्षणका लागि लगाएको कफीले सफलता पाए पछि व्यवसायिक कफी खेती गर्न कृषक समुह रैबुङका किसानहरुले तयारी थालेका छन । परिक्षणका लागि लगाईएको कफी खेती कृषि विज्ञहरुले समेत निरक्षण गरेका थिए । खेती सुरु गर्नका लागि काठमान्डौबाट दुई हजार कफीको नर्सरी ल्याउने तयारी गरिएको बालगौरी कृषक सहकारी लिमिटेडले जनाएको छ। कफी खेती गर्नका लागि किसानहरुलाई आवस्यक प्राविधिक आर्थिक तथा बेर्ना सुपथ मुल्यमा सहकारीले उपलब्ध गराईने बालगौरी कृषक सहकारी चण्डीभञ्ज्याङ ५ किटस्वरा चितवनका सचिव अमर गुरुङले बताउनुभयो ।







