कटुञ्जेमा च्याउ खेती तालिम सुरु

458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)
कटुन्जे-जिल्लाको कटुन्जे गाविस वडा नं. १ र ४ मा च्याउ खेती सम्बन्धी तालिम शनिबारबाट सुरु भएको छ । च्याउ खेती गरी कृषकहरुको आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्धेश्यले आयोजित तालिमको व्यवशायिक तथा सीप विकास तालिम केन्द्रका कार्यालय प्रमुख पुरुषोतम पाण्डे र एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी नेपाल)का कार्यक्रम संयोजक गोकर्ण दुवाडीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कटुञ्जे गाविसको वडा नं. १ र ४ मा गरी दुइ स्थानमा सञ्चालन गरिएको तालिममा गरिबी निवारण कार्यक्रम अन्तर्गत आयआर्जनका क्रियाकलाप सञ्चालन गरिरहेका सामुदायिक संस्थाका सदस्यहरु र महिला समूहका प्रतिनिधिहरु गरी कुल ४५ जनाको सहभागिता रहेको छ ।
व्यवशायिक तथा सीप विकास तालिम केन्द्र धादिङ र गाउँ विकास समितिको कार्यालय कटुन्जेको सहयोगमा एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी नेपाल)र स्थानीय महिला तथा सामुदायिक संस्थाहरुको आयोजनामा तालिम सञ्चालन गरिएको हो । च्याउ खेतीका बारेमा कृषकहरुलाई व्यवहारिक ज्ञान दिनको लागि प्रयोगात्मक विधिबाट १ महिना सम्म तालिम सञ्चालन गरिने सीप विकास तालिम केन्द्रका प्रमुख पाण्डेले जानकारी दिनु भयो । तालिममा कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्राविधिक किरण न्यौपानेले सहजिकरण गरिरहनु भएको छ ।
गरिबी निवारण कोषको सहयोगमा आइसीडीसी नेपालले जिल्लाको कटुन्जे गाविसमा २०६७ चैत्र महिना देखि गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत हालसम्म गाविसमा २८ वटा सामुदायिक संस्थामा ७ सय भन्दा बढी घरधुरीहरु संगठित गरी आयआर्जन र साना भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिरहेको आइसीडीसी नेपालका कार्यक्रम संयोजक गोकर्ण दुवाडीले जानकारी दिनुभयो ।