कांग्रेस महाधिवेशन भदौमा, देउवा र पौडेलबीच प्रतिस्पर्धा, महामन्त्रीमा खड्का
648 पटक पढिएको


पार्टी सभापति एवं प्रधानमन्त्री सुशिल कोइराला यस पटक सभापतिमा नउठ्ने भएपछि पौडेललाई अगाडि सारिएको समाचार स्रोतको दावी छ संविधान निर्माणपछि कोइरालालाई राष्ट्रपति बनाउने र मुलुकको प्रधानमन्त्री केपी ओलीलाई दिने सत्ताधारी दलबीच सहमति भए अनुसार कांग्रेसको संस्थापन पक्षले भावी अध्यक्षको लागि पार्टी उपसभापति रामचन्द्र पौडेललाई अगाडि सारेको हो । उता देउवा पक्षले भने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टी सभापति उठाउने भएको छ ।
यस पटकको १३औं महाधिवेशनमा पौडेल भन्दा देउवाको पल्ला भारी हुने देखिन्छ । पटक पटक गरि ४ पटक पार्टी सभापति उठी सकेका देउवाले यस पटक बाजी मार्ने देखिन्छ । सत्ताको बागडोर सम्हालेको कांग्रेसका पार्टी सभापति सुशिल कोइरालाले पार्टीका कार्यकर्ताको मनोबल उच्च राख्न नसकेको आरोप पार्टीभित्र लाग्दै आएको छ । उता उपसभापति रामचन्द्र पौडेलले आप्mना छोरा ससुरालाई राजनीतिक नियुक्ति दिलाएको र पार्टीको कार्यकर्तालाई वेवास्ता गरेको आरोप लागेको छ । १७ पटक प्रधानमन्त्री पदमा हारेका पौडेल सानो कुरामा पनि कार्यकर्तालाई चित्ता बुझाउन नसक्ने नेताको पंक्तिमा देखिन्छन् ।
शेरबहादुर देउवालाई कांग्रेसभित्रैका युवा नेताहरूको समर्थन छ । खुमबहादुर खड्कालाई महामन्त्री बनाउँदै एउटा टिम बनाएर देउवा चुनाव लड्ने मनस्थितिमा पुगेका छन् । पार्टीभित्र खुमबहादुर खड्काको बलियो पकड छ । खड्काले देउवालाई साथ दिए यस पटक संस्थापन पक्षबाट नेतृत्व गुम्ने प्राय निश्चत छ ।
– अखबार नेपाल