प्रहरी जवानको लिखित परीक्षाको नतिजा आयो
3438 पटक पढिएको
काठमाडौं : नेपाल प्रहरीले खाली रहेको जवान पदको पूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा शुक्रबार राति प्रकाशित गरेको छ । (नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)
नेपाल प्रहरी अन्तर्गत प्रहरी जवान पद (प्रशासन) को लागि गत असोज २४ गते प्रकाशित विज्ञापन अनुसार पाँचवटै क्षेत्रीय तालिम केन्द्रमा लिएको परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको हो ।
रिक्त पद संख्या दुई हजार आठ सय ५३ कायम गरी सोही बमोजिम पदपूर्ति गर्ने गरी प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको हो अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।







