उपभोक्ता समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउनु पर्ने

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -गाउँ तथा स्थानिय निकाय मार्फत उपभोक्ता समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउनु बिषयमा सरोकारवालाहरुले जोड दिएका छन ।
जिल्ला विकास समिति धादिङले बिहिबार धादिङबेसीमा आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारीहरुका लागि सञ्चालन गरेको १ दिने अभिमुखीकरण गोष्ठीको समापन कार्यक्रममा सहभागिहरुले उपभोक्ता समितिहरु सक्रिय हुन राज्यले नै विशेष पहल गर्नु पर्ने बताएका छन् । गाउँ तथा स्थानिय निकायका पदाधिकारीहरुलाई तालिम भन्दा उपभोक्ता समितिको निति नियम र कानुनको बिषयमा जानकारी गराउन आवश्यक रहेको बताएका थिए । अभिमुखीकरण गोष्ठीमा जिल्ला विकास समिति धादिङका लेखा अधिकृत हरिपाटा मगरले सार्वजनिक लेखापरीक्षण भनेको के हो ?, यसको महत्व, आबश्यकता र सार्वजनिक लेखापरीक्षण गर्नुको उद्धेश्यहरु, स्थानिय निकायमा स्रोत परिचालन तथा ब्यबस्थापन कार्य विधि लगायत विविध विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यसै गरी जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालले लेखा परीक्षण सम्बन्धी विविध विषय बस्तुहरु, गतिविधिहरु गाउँ विकास समिति तथा नगर स्तरमा योजना छनोट तथा सम्पन्न गरिसके पछि अपनाउनु पर्ने विषयबस्तुहरुको बारेमा जानकारी गराउनु भएको थियो । यसै गरी जिल्ला शासन विज्ञ फर्णिन्द्र खड्काले समुदायका ब्यक्तिहरुलाई समुहमा बसेर काम गर्न कसरी सिकाउने, समुदायका ब्यक्तिहरुले गरेका कामहरुको कत्तिको पारदर्शिता र जवाफदाहिता भन्ने विषयबस्तुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न गाविस तथा उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।