प्रयास नेपालको १४ औं स्थापना दिवस

563 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ चैत ६ ÷प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङको १४ औं स्थापना दिवस शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्नु हुँदै प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले संस्थाले प्रजातान्त्रिक विधिलाई कहिल्यै कुिल्चनु नहुने बताउनु भयो । २०५८ सालमा ९ जना सदस्यबाट धादिङको साङकोष गाविसबाट दर्ता गरिएको यस संस्थाले संस्थाको बृद्धि, विकासका र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदानहरु गदै आई रहेको छ । संस्था स्थापनाकाल देखि नै यस संस्थाले सामाजिक तथा लक्षित समुदायका मार्फत गिट्टी बालुवा क्षेत्रमा काम गर्दै आई रहेका बालबालिकाहरुलाई विशेष सहयोग गर्दै आई रहेको अर्यालले जानकारी दिनु भयो । स्थानिय स्रोत साधनको अधिकतम परिचालन गरी स्वालम्बी र आत्मनिर्भर समाजको सिर्जना गर्ने महान् परिकल्पना बोकी स्थानीय स्थरका जागुरुक युवाहरुलाई प्रयासमा स्थापित गर्न समेत सफल भएको छ । यस संस्थाले समाजमा हुने गरेका सामाजिक दृष्टिले पछाडि पारिएका समुदायहरुमा, बालबालिकाहरुको शिक्षा क्षेत्रमा पहुँच अभिबृद्धि गर्न, सिकाई उपलब्धी बढाउन, दिगोपन, महिलाहरुकमा क्षमता विकास, सीप प्रदान जस्ता कार्यहरु गर्दै आई रहेको छ । लक्षित समुदायका संलग्न सामाजिक कार्यकर्ता, साझेदार एवं सहयोगी निकायहरुको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।
संस्थाको स्थापना काल देखि संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग तथा योगदान पु¥याउन सफल हुनु भएका किरण श्रेष्ठलाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङका अध्यक्ष उषा वि.क अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, यू एम एन धादिङका टिम लिडर प्रम सिंह स्याङतान, प्रयास नेपाल धादिङका कार्यसमितिका सदस्यहरु, साधारण सदस्यहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । यस संस्थाले अहिले २ करोड बराबारको कारोबार गर्दै आई रहेको छ । यस संस्थाले हाल सम्म विभिन्न साझेदारी निकायहरुसँगको साझेदारीमा २ सय ९३ विद्यालयमा ब्यबस्थित पुस्तकालय स्थापना, १८ सय शिक्षकलाई पुस्तकालय ब्यबस्थापन, प्रयोग र दिगोपन सम्बन्धी क्रियाकलाप, ३७ विद्यालयहरुमा बाल मैत्री कक्षा कोठा ब्यबस्थापन, शिक्षक र शिक्षण सामाग्री सहयोग, जिल्लाका २५ विद्यालयका शिक्षक अभिभावक संघ, विद्यालय ब्यबस्थापन समितिहरुको क्षमता विकासमा सहयोग जस्ता सिकाई उपलब्धीहरु हाँसिल गरिसकेको संस्थालेले जनाएको छ ।