काठमाण्डौंमा वर्षाका कारण जनजीवन कष्टकर

1378 पटक पढिएको

सम्पादक: Dhading News

asinaकाठमाडौं,- काठमाडौं उपत्यका लगायत मध्य र पूर्वीनेपालमा बिहिवार दिउँसो एक्कासी परेको असिना पानीले जनजीवन कष्टकर बनेको छ । सामान्यतया मार्च महिनामा जम्मा औसतमा २० मिलिमिटर पानी पर्नेमा आजै एकैदिन २७ मिलिमिटर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मार्च महिनाभरी पर्ने पानी भन्दा आज सात मिलिमिटर बढी पानी परेको बताएका छन । दिउँसोको तापक्रमले स्थानीय प्रभाव भएको र त्यसैका कारण एक्कासी ठूलो वर्षा भएको उनले जानकारी दिए । बिहिबारको भोलीफेरि सुक्दै जाँदा स्थानीयप्रभाव हुने र शुक्रवारपनि दिउँसोपख वर्षाहुने मौसमविद् श्रेष्ठले बताए ।
स्थानीय वायुको प्रभावले अझैकेहीदिन दिउँसोपख वर्षाहुने महाशाखाले जनाएको छ । निकै माथीको वायुका कारण आज काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा असिना समेत परेको मौसमविद् श्रेष्ठले बताए । सामान्यतया २५ सय फिटदेखि ३० हजारफिटसम्म  वायुको बेस भएमा पानीसंगै असिना पर्नेगर्छ । २५ सय फिटदेखि माथीबाट वर्षाहुँदा त्यहाँ निकै चिसो हुने र पानी जमेर असिना बन्ने मौसमविद् श्रेष्ठले बताए । प्रिमनसुनको सिजन भएकाले अब दिउँसोपख पानी पर्ने बढी सम्भावना हुन्छ ।
पानी परेसंगै काठमाडौं उपत्यकाको जनजीवन कष्टकर बनेको छ । मेलम्ची खानेपानी परियोजनाको पाईप विच्छाउनेक्रममा सडक खनिएका कारण पानी परेपछि काठमाडौंका सडक धान रोप्न ठिक्क पारेका खेतजस्तै भएका छन । पैदलयात्रीलाई निकै अप्ठ्यारो परेको छ भने साना सवारी साधनमा समेत आवतजावत गर्न कठिनाई भएको छ । एक्कासी पानी परेपछि रोकिएका गाडी पानी बिदोभएपछि एकसाथ चल्न थालेपछि  बिहिवार बेलुकी अबेरसम्म काठमाडौंमा ट्राफिक जाम भएको थियो ।