धादिङ रेडक्रसमा पद विभाजन

484 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ चैत- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको नयाँ कार्य समितिले सदस्यहरुका बिच पद विभाजन गरेको छ ।
सोमवार सम्पन्न रेडक्रसको १० औं अधिबेशनवाट निर्वाचित सीताराम कोईरालाको सभापतित्वमा रहेको जिल्ला कार्य समितिको पहिलो बैठकले सदस्यहरुका बिच पद विभाजन गरेको हो । सभापति कोईरालाका अनुसार उप सभापतिमा नारायण प्रसाद तिमिल्सिना र रामेश्वर सिम्खडा,मन्त्रीमा कृष्णकुमार श्रेष्ठ,कोषाध्यक्षमा दुलर्भकुमार तामाङ,उप मन्त्रीमा नेमवहादुर श्रेष्ठ र उप कोषाध्यक्षमा भेषराज नेपाल चयन हुनु भएको छ ।
यसैगरी कार्य समितिको पहिलो बैठकले जिल्ला शाखाका पुर्व सभापति केशरीप्रसाद पन्तलाई जिल्ला कार्य समितिको सदस्यमा मनोनयन गरेको छ ।