सिम टीभीको गुडबाई अफर
743 पटक पढिएको


कम्पनीले २०७१ सालभरी तीन सय ५० मा उपलब्ध गराएको प्याकेजलाई बुधबारबाट दुई सय ५० रुपैयाँमा उपलव्ध गराउने भएको छ। ९० भन्दा बढी च्यानल अब सस्तोमा हेर्न सकिने छ।
नयाँ वर्ष २०७२ सालदेखि दाङ, चितवन, पोखरा तथा सिराहाको मिर्चैयाबाट समेत सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ।
२०७२ सालमा ३० वटा नयाँ एचडी र एक सय १० वटा एसडी च्यानल सहित विस्तृत रूपमा ग्राहकलाई अझ बढी मनोरञ्जन प्रदान गर्नेछ।
सिम टीभीको ग्राहक सेवा केन्द्र तथा मोबाइल एप समेत ग्राहक सेवाको लागि आइसकेको जनाइएको छ। ‘सिम टीभी’ एप गुगल प्लेस्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने बताइएको छ।
एपमा रिचार्ज, मासिक शुल्क, च्यानलका बारेमा विस्तृत जानकारी, एपबाटै टोलफ्री नम्बरमा, नि:शुल्क कल लगायतका दर्जनौं भन्दा बढी सुबिधा उपलब्ध छन्।