चेपाङ गाउँमा अनिकाल,छाक टार्न कन्दमूल

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Chepang_Home-300x225गोरखा,चैत २३ – मकैसिङ एक पांखोलाका जुठे चेपाङको घरमा चैत लागेदेखि एक छाकमात्र अन्न पाक्छ, अर्को छाक कन्दमूल । उनको घरमा मात्र होइन,यतिबेला गोरखाका सबै चेपाङ बस्तीमा अनिकाल सुरु भएको छ ।  आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्न थालेको नेपाल चेपाङसंघका केन्द्रीय सदस्यसमेत रहेका बिलबहादुर चेपाङले बताउँछन् ।

‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान र सिस्नोले छाक टार्ने गरेका छौं,’ बिलबहादुर भन्छन् ‘चैत लागेदेखि सबै चेपाङको भान्सामा गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुनालगायत पाक्न थालेको छ ।’

गोरखाको पाँचवटा गाविसका चेपाङ समुदायको बस्ती छ । भुम्लिचोक, गाविसका ६ सय ८५ चेपाङ घरधुरीमध्ये एकाध घरमा मात्र चामलको भात पाक्ने गरेको उनले बताए । आफ्नो घरमा एक छाक मात्र खानेकुरा पाक्ने मकैसिङ १ पाखोलाका जुठे चेपाङको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

–