धादिङमै आईपुगेन सामुदायिक बिद्यालयका किताब

402 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pustakधादिङ-गाउं गाउंमा बिद्यालय भर्ना अभियानको तामझाम शुरु भएपनि राजधानीसंग जोडिएको धादिङमा शैक्षिक सत्र शुरु भईसक्दा पनि जिल्लाका सामुदायिक बिद्यालयले पाठ्यपुस्तक पाएका छैनन । सामुदायिक विद्यालयमा बुधबारदेखि भर्ना अभियान सुरु भए पनि निमाविसम्मका कुनै पुस्तक ढुवानी भएका छैनन् । राजधानीछेउकै जिल्लामा माविका पुस्तक पनि अधुरै संख्यामा आपूर्ति भएका छन् ।

‘गत चैत २० सम्म निजी र जनक शिक्षाले ल्याइसक्नुपर्ने पुस्तक जिल्लाका २७ पुस्तक पसलेलाई २७ गते मात्र बोलाएर सम्झौता गरिएको छ,’ बीचबजारस्थित सरस्वती पुस्तक पसलका हरि श्रेष्ठले भने । गत वर्षको ढुवानीबापतको अढाइ लाख रुपैयाँ एक साताभित्रै भुक्तानी नदिएसम्म यस वर्ष बिक्री नगर्ने अडानजिल्लाका पुस्तक पसलेहरूको थियो । पुरानो बक्यौता भुक्तानी दिने लिखित सहमति भएपछि उपलब्ध पुस्तक बिक्री गर्ने निर्णय गरिएको पुस्तक बिक्रेता संघका अध्यक्ष तुलसी अधिकारीले बताए ।