ईपीएस पास गरेका ७५ प्रतिशतमात्रै कोरिया जाने

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 nepal-korea-flagकाठमाण्डु, ६ बैशाख – दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्र्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् ।
सउलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् ।

भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया आउन पाइँदैन । कोरियाले इपिएसमार्फत लिने कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसक्यो भने आगामी असारमा छैटौँ परीक्षा लिने तयारीमा छ ।