सहयोग गर्न रुपन्देहीका दाताहरु धादिङ लाग्दै

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11173351_10153774196193998_7137467346578590242_nरुपन्देही –रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नेतृत्वमा करीब २ लाख रूपियाँ बराबरको राहत सामग्री भुकम्प पीडितको सहयोगार्थ शुक्रबार धादिङ्तर्फ पठाईएको छ । भलवारी जेसीज, नेपाल रेडक्रस सोसाइटी तिलोत्तमा उपशाखा र प्रगतिशील आमा समूह तिलोत्तमा–९ ले संयुक्त रूपमा राहत सामाग्री तथा नगद संकलन गरेका थिए ।
संकलित राहत सामाग्रीहरूमा त्रिपाल, ओछ्याउन प्रयोग हुने फाइबार म्याट, चिउरा, बिस्कुट, चाउचाउ, भुजा, दालमोठ, पानी, चामल, पीठो, सोयाबडी औषधी लगायत रहेको भलवारी जेसीजका अध्यक्ष रमेशकुमार पराजुलीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीसँग समन्वय गरी संकलित सामाग्री धादिङ्को कुम्पुर गा.वि.स.मा लगिने रेडक्रस तिलोत्तमा शाखा अध्यक्ष शिवप्रसाद गैरेले बताउनुभयो ।
प्रभावित क्षेत्रमा खटिनुपर्ने भएमा त्यसका लागि युवा समूह सहितको तीनवटै समूहका ८ जना प्रतिनिधि त्यसतर्फ लागेको समूहमा सहभागी भलवारी जेसीजका सञ्चार संयोजक मुक्तिनाथ गैह«ेले जानकारी दिनुभयो ।