रानीवारीका भूकम्प पिडितलाइ राहत वितरण

453 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रानिवारी -बैसाख १२ गते १२ बजे आएको महाभुकम्पमा अन्न सहित घरवारविहिन भएका ५२ घरपरिवारको लागि थाक्रे ३, रानिवारी कार्कीगाउँमा तत्काल समस्या समाधानकालागि आज राहत वितरण गरिएको छ ।
गोल इन्डिया ले चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज सिर्डस को समन्वयमा गोल इन्डियाको को कार्यकारी प्रमुख पिटर ले गाउँमै पुगेर उक्त सामाग्री वितरण गर्नुभएको थियो । उक्त राहत सामाग्री वक्समा १ त्रिपाल, २ वटा कम्वल, पानीका लागी बाल्टी, ग्यालिन तथा महिलाको लागि साडी, व्लाउज, देखी नेल कटर सम्मका खाध्यान्न बाहेकको सामाग्री किट ५२ परिवारको लागि वितरण गरेको हो । साथै थाक्रे, गोगनपानी, भुमेस्थान, केवलपुर तथा खाल्टे गरि ५०० परिवारलाई यो प्रकारको सामाग्री वितरण गरिने गोल इन्डियाले जानकारी गराएको छ । यसका लागि सिड्स धादिङ्गबाट स्वयंसेवक परिचालन गरि घरघरबाट तथ्याङक संकलन गरि अन्य संस्थाबाट नपरेका तथा अत्यन्तै आवश्यकता देखिएका परिवारको पहिचान गरि कुपन बाँडीएको थियो । कुपन प्राप्त परिवारलाई आजदेखी राहत वितरण गरिन थालिएको व्यहोरा सिड्स धादिङ्गका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी गराउनु भयो ।
थाक्रे ३, रानीवारी को कार्कीगाउँमा महाभुकम्पले ५२ घरमा पुण क्षति बनाएको थियो जसमा १ महिलाको मृत्यु हुनुका साथै २ जना घाइते तथा २ भैसी र १३ वटा चौपायाको समेत मृत्यू भएको थियो ।