
विजी हस्पिटल एण्ड रिसर्च सेन्टर पोखरा, सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिकाको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरणका लागि आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, उपाध्यक्ष सुदर्शन बसौला, सल्लाहकार नवराज थपलिया, साधारण सदस्य नारायण थपलिया तथा इश्वर थपलियाका साथै सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिकाका अशिम लामिछाने, बीजी हस्पिटलका डा. आशिस पराजुली, विशाल लामिछाने तथा सर्वेश्वर युवा क्लवका अध्यक्ष कविन्द्र कोइरालाका साथै रवि अभिकारी, अमित लामिछानेको सहभागिता रहेको थियो । स्थानीय भूकम्प पीडित पम्फा रिजाल र शान्तिमाया थपलियालाई राहत हस्तान्तरण गर्दै सेन्ट लुइस नेपाली अर्गनाइजेशन अमेरिका अशिम लामिछानेले नेपालीको पीडामा सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । त्यस अवसरमा हरि पन्त, नवराज थपलिया लगायतले पनि आ–आफ्ना भनाइ राखेका थिए ।