ताप्लेजुङका विभिन्न गाउँमा पहिरो परी १२ जनाको मृत्यु, दर्जनौं बेपत्ता – 

547 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tpalejunge जेष्ठ २८ । वुधबार साँझदेखि परेको बर्षा संगै ताप्लेजुङको पश्चिमी क्षेत्रका बिभिन्न गाउं विकास समितिमा गएको पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ । आठ जना गम्भिर घाईते भएका छन् । मृतकमध्ये लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको मात्र सनाखतभएको छ ।

ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै वडामा एकै पटक भिषण पहिरो जांदा उनिहरुको मृत्यु भएको हो ।

यी गाविसबाट अझै केही स्थानिय सम्पर्कमा नआइसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ ।

मृत्यु भएकाहरुमध्ये पांच जनाको शव थिङलावुबाट, २ जनाको शव खोक्लिङबाट , २ जनाको शव सान्थाक्राबाट, एक जनाको शव लिबाङबाट र दुई जनाको शव लिङथेपुबाट निकालिएको प्रहरीले जनाएको छ ।

पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो ।

पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

बर्षा भईरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन ।

स्थानिय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् ।

उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ । पहिरो गएराती पौने १२ बजे गएको हो ।