राजधानीको श्रम विभागको कार्यालय तोडफोड गर्ने १६ जना पक्राउ –

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, असार २ – काठमाडौँ महानगरपालिका–१३ ताहाचल स्थित वैदेशिक रोजगार श्रम बिभाग कार्यालयमा तोडफोड गर्ने दुई महिला र १४ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रम बिभाग कार्यालयका प्रमुख विश्व प्रकाश सुवेदी, श्रम प्रतिनिधि लक्ष्मी बस्नेत र राजेन्द्र बस्नेत बीच मंगलबार विवाद हुँदा श्रम प्रतिनिधिहरु अंदाजी २५० जनाको समूहले हुल हुज्जत गरी कार्यालयको ८ वटा भ्mयालको सिसा तोडफोड गरेका थिए ।

प्रहरीले उक्त बेला सामान्य लाठी चार्ज गरी स्थितीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका मध्ये १ जना सेवाग्राहीलाई मंगलबार बेलुका छाडिएको छ ।

श्रम प्रतिनिधिहरुबीचको विवादले बुधवारदेखि कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कर्मचारीहरुको असुरक्षाको कारण जनाउँदै विभागको काठमाडौ कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

कर्मचारीमाथि दुब्र्यवाहार तथा आक्रमण गर्ने श्रम प्रतिनिधिमाथि कारबाही तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

सुवेदीले म्यानपावरहरुले गुण्डा प्रयोग गरेर आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।