मरेको मानिस २५ बर्षपछी घरफर्केपछी ……………

514 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२० असार, राजविराज । काम गर्ने क्रममा छतबाट लडेर मृत्यु भएको भनेर काजकिरियासमेत गरिसकेको व्यक्ति २५ वर्षपछि जिउँदै फर्किएपछि सप्तरीको देउरी भरुवा गाविसवासी आश्चर्यमा परेका छन् । मृत्यु भइसकेको भनिएका देउरीभरुवा ९ का ३५ वर्षका सूर्यनारायण साह सकुशल घर फर्किएपछि गाउँबासी खुसी देखिएका हुन् ।
छोराको मृत्यु भइसकेको जानकारी आफ्नै भाइ चलित्तर साहले दिएपछि विश्वासमा परी आमा सोमादेवी साहले रीतिरिजावअनुसार छोराको काजकिरिया गरिसकेकी थिइन् । तर, कल्पनै नगरेको कुरा २५ वर्षपछि छोरा फर्केर आएको राजधानीमा खबर छ ।

रोजगारीका लागि मामा चलित्तर साहसँग १० वर्षको कलिलो उमेरमा भारतको पञ्जाव राज्यको जालन्धर सहर पुगेका छोरा सूर्यनारायणको काम गर्ने क्रममा छतबाट लडेर मृत्यु भएको खबर पाएपछि शोकमै पिता बेचन साहको हृदयघातबाट मृत्यु भएको थियो ।

छोरो र श्रीमान एकै पटक गुमाउँदा विक्षिप्त बनेकी सोमादेवीको मुहारमा अहिले भने खुसी छाएको छ । उनले झुटो जानकारी दिने चलित्तर साहलाई कडा कारबाही गर्न माग गरेकी छन् ।

सूर्यनारायणले आफूलाई एक फामम उद्योगमा लगेको र त्यहाँका मालिकसँग केही मीनेट कुरागरेपछि गायव भएको बताएका छन् । आफ्नै मामाले आफूलाई ८० हजार भारुमा बेचेको उनले सुनाए । एक चिया पसलेको सहयोगमा आफू त्यहाँबाट निस्केको भएपनि उक्त उद्योगमा अझै ४०/५० जना नेपालीले नारकीय जीवन विताउन परेको उनले सुनाए । अनपढ भएकाले कम्पनीको नाम थाहा नभएपनि खोजी गर्न कोही जाने भए आफू त्यहाँसम्म पुर्‍याउन तयार रहेको सूर्यनारायणले बताए ।-