जिल्ला विकास समितिको कार्यालय धादिङको सूचना

805 पटक पढिएको

२७ असार २०७२, आईतवार २२:१४ सम्पादक: धादिङ न्यूज

जिल्ला विकास समिति धादिङसँग २०७२ असार मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरीएका कतिपय योजनाहरु मिति २०७२ बैशाख १२ गते गएको भुकम्पका कारण समयमा सम्पन्न हुन नसकेले सम्झौताको म्याद थप गर्न अनुरोध भए बमोजिम जिविस आन्तरीक कोष र विद्युत रोयल्टी शिर्षक अन्तर्गतका सम्झौता भएका योजनाहरुको हकमा मात्र कार्य गर्ने अवधि २०७२ कार्तिक मसान्त सम्म थप गरिएकोले थप गरिएको अवधि भित्र सम्झौता अनुसारको कार्य सम्पन्न गरी भुक्तानी लिनुहुन सम्बन्धित सवै सरोकारवालाहरुलाई जानकारी गराईन्छ ।