इन्धन अभावले यस वर्ष गोरखाबाट हनुमानढोका दरबारमा फूलपाती पठाईएन

575 पटक पढिएको

सम्पादक: Dhading News

resize_image-1-290x192धादिङ–गोरखा दरबारले धादिङको जीवनपुर हुँदै काठमाडौँको हनुमानढोका दरबारमा पठाउनुपर्ने फूलपाती यस वर्ष पठाउन नसकेपछि परम्परा तोडिएको छ । यस वर्ष इन्धनको अभावका कारण तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको चलन यस वर्ष अन्त्य भएको हो । गोरखाबाट पठाएको फूलपाती वैदिक विधि अनुसार हनुमानढोका दरबारमा भित्र्याउने चलन थियो । गोरखा दरबार हेरचाह अड्डाले फूलपाती हनुमानढोका पठाउन नसकेको हो । गत वर्ष गोरखा पर्यटन नामक संस्थाको सहयोगमा गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइएको थियो । यस वर्ष इन्धन अभावले गर्दा गोरखा पर्यटनले फूलपाती लैजाने काम गर्न नसकेको अध्यक्ष रमेश थापाले बताउनुभयो ।