महिला स्वयम् सेविकाहरुका लागि तालिम

741 पटक पढिएको

सम्पादक: Dhading News

घाटबेसी, धादिङ/ एक्सन नेपाल धादिङको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्सको साझेदारीमा सञ्चालित नेपालका भूकम्प प्रभावित समुदायमा खानेपानी आपूर्तिका लागि पहुँच र सरसफाई प्रचलनमा सुधार कार्यक्रम अन्तर्गत महिला स्वयम्सेविकाहरुका लागि दुई दिने तालिम सम्पन्न भएको छ ।
पिडा गाविस वडा नं. २ घाटबेसीमा सम्पन्न तालिममा केवलपुर, कुम्पुर र साविकको मुरलीभञ्ज्याङ गाविसका जम्मा २८ जना महिला स्वयम्सेविकाहरुलाई तालिम दिइएको थियो ।
कार्यक्रममा महिला र स्वयम्सेविकाहरुका लागि सर्ने र नसर्ने रोगहरुको जानकारी, रोगहरु सर्ने कारण र तरिका फोहोर व्यवस्थापनका साथै स्वास्थ्य र सरसफाई सम्बन्धि जानकारीहरु गराइएको थियो । तालिमलाई पवित्रा बस्नेतले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गाना, इन्टरनेशनल मेडिकल कप्र्सका वास अफिसर रश्मि पौडेल लगायतको सहभागि रहेको थियो ।