सेयर फिर्ता लिएर किन बाहिरिए एमाले नेता आनन्द पोखरेल मनमोहन अस्पतालबाट ?

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं १८ माघ – एमाले नेताहरुको लगानी रहेको मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पर्यटनमन्त्रीसमेत रहेका सेयर सदस्य आनन्द पोखरेल बाहिरिएका छन् ।

31012016044511AnandaP-1000x0पोखरेल प्रतिष्ठान सञ्चालन गर्ने मनमोहन मेमोरियल वचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष थिए । सहकारी स्रोतका अनुसार उनले प्रतिष्ठानमा रहेको दुई लाख रुपैयाँको सेयर र सहकारीको सेयर सदस्यवापतको ५ हजार रुपैयाँ र दुई हजार ब्याजसमेत लिएर निस्किएका छन् ।

पोखरेल प्रतिष्ठानका संस्थापक हुन् ।

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादित बनेको छ । नयाँ मेडिकल कलेज खोल्न रोक लगाएपछि अघिल्लो सरकारले नै मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक अगाडि बढाएको थियो । विधेयक अहिले संसदमा सैद्धान्तिक छलफलकोक्रममा रहेको छ ।

पोखरेलले पार्टी पूर्वअध्यक्षसमेत रहेका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको नामलाई धेरै विवादमा पार्न नहुने बताउँदै राजीनामा दिएको स्रोतको दाबी छ ।

पोखरेलले प्रतिष्ठानका अध्यक्षसमेत रहेका एमाले नेता राजेन्द्र पाण्डेसमक्ष चार बुँदे असन्तुष्टि राख्दै राजीनामा दिएका हुन् ।

पोखरेलले कतिपय विषयमा प्रतिष्ठान नेतृत्वलाई मनाउन नसकिएको र आफूले पनि मान्न नसकिएको राजीनामा लेखेका छन् । चार बुँदा उल्लेख गर्दै राजीनामा दिएका पोखरेलले नेताको नाममा सहकारी वा निजी मुनाफामुलक व्यवसाय सञ्चालन गर्न उचित नभएको, आर्थिक, सामाजिक प्रशासनिक सुधार गर्न नसकिएको उल्लेख गर्दै राजीनामा दिएका छन्

सहकारी विभाग स्रोतका अनुसार पोखरेलको राजीनामा विभागसम्म आइपुगेको छ कान्तिपुर दैनिकमा  खबर छ ।