लौ खुल्यो प्रहरीमा पाँच हजार बढीलाई जागिर !

752 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं  – नेपाल प्रहरीले ५  हजार भन्दा बढी कोटामा  नयाँ भर्ना खोलेको छ । नेपाल प्रहरीले ५ हजार ४४ जना प्रहरी जवानका लागि भर्ना खुलाएको हो |  प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले उक्त जानकारी गराएको हो ।

Members of the Nepal Police take part in a parade to mark "Loktantra Diwas" or Democracy Day celebrations in Kathmandu April 24, 2011. Nepal is celebrating the fifth anniversary of the reinstatement of democracy in the country, when former monarch King Gyanendra gave up absolute power following widespread protests. REUTERS/Navesh Chitrakar (NEPAL - Tags: ANNIVERSARY POLITICS)

प्रहरीमा जागिर खान इछुकले  माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सक्ने छन् |

शाखाकाअनुसार खुल्ला तर्फ २ हजार ९ सय ३४ जना माग गरिएको छ भने अमर/अशक्त प्रहरी परिवारतर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि आरक्षण छुट्याइएको छ ।

त्यस्तै, मधेसी ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रबाट  १२१ जना भर्ना माग गरिएको छ । काठमाडौं उपत्यकाका  ३  वटा जिल्लबाट दरखास्त फारम वितरण हुने जनाइएको छ ।

यस्तै क्षेत्रीय प्रहरी तालिम केन्द्रहरुबाट पनि दरखास्त फारम वितरण गरिने भएकाले तोकिएका ठाउँहरुबाट फारम भर्न सकिने शाखाले जनाएको छ । जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ वर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको कान्तिपथ डट कममा  खबर छ ।