काँग्रेसमा धादिङको दुवै क्षेत्रमा संस्थापनको पकड

528 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12644930_1659595604291857_2920891013349460939_nधादिङ । शुक्रवार सम्पन्न भएको नेपाली काँग्रेसको दुईवटा निर्वाचन क्षेत्रको अधिबेशनबाट संस्थापन पक्षका अधिकांश उम्मेदवारहरु विजयी भएका छन । तीन वटा निर्वाचन क्षेत्र रहेको धादिङमा क्षेत्र नम्बर २ को धादिङवेसी र ३ को घाटवेसीमा सम्पन्न भएको अधिबेशनले क्षेत्रीय समितिको चयन गरेको हो । क्षेत्र नम्बर १ को अधिबेशन शनिवार (आज )हुंदैछ ।
क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा  संस्थापन पक्षका उम्मेदवार देवीप्रसाद कोईराला विजयी हुनुभएको छ । कोईराला संग नेपाली कांग्रेस धादिङका पुर्व सचिव गोविन्द लम्साल चुनावी मैदानमा उत्रनु भएको थियो ।कोईराला यस अघि बिद्यार्थी राजनितिमा सक्रिय थिए ।
महाधिवेशन प्रतिनिधिमा क्षेत्र नम्बर ३ बाट हरी अधिकारी, विश्व अर्याल,अर्जुन उप्रेती, देवीप्रसाद सिलवाल,माधव पाण्डे र देवप्रकाश त्रिपाठी छानिनुभएको छ । पाण्डे र त्रिपाठी देउवा निकट मानिनु हुन्छ । त्यस्तै महिलातर्फ कविता इटनी, उर्मिला कंडेल त्यस्तै आदिवासी जनजातितर्फ मधु श्रेष्ठ, अल्पसङ्केत विरवल राई र दलिततर्फको प्रतिनिधिमा सानुवाबु परियार निर्वाचित हुनुभएको छ ।
सदरमुकाम धादिङबेसीमा सम्पन्न २ नम्बर क्षेत्रीय अधिबेशनबाट महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फ रामनाथ अधिकारी, भिम ढुंगाना,रमेश धमला,डाक्टर राजाराम कार्की,झम्क नारायण श्रेष्ठ र यमनाथ दनै निर्वाचित हुनु भएको छ भने महिला तर्फबाट कल्पना अधिकारी र अम्विका अधिकारी,दलितबाट भोजवहादुर परियार,जनजातीबाट नारायण कुमार श्रेष्ठ , अपाङ्गता भएकाहरुको तर्फबाट हेमराज अर्याल महाधिबेशन प्रतिनिधिमा चयन हुनु भएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ । ३ नम्बर क्षेत्रबाट जिल्ला कार्य समितिको सदस्यका लागि भएको निर्वाचनबाट कृष्णप्रसाद डल्लाकोटी र राजकुमार अधिकारी चयन भएका छन । २ सदस्यका लागि चार जनाका बिच प्रतिस्पर्धा भएपछि भएको मतदानबाट विदुर कार्की र ज्ञानेन्द्रप्रसाद सिलवाल पराजित भएका हुन । सिलवाल र डल्लाकोटीले ८९ ÷८९ बराबरी मत पाएपछि गोलाप्रथाबाट डल्लाकोटी निर्वाचित हुनु भएको हो ।
शुक्रवार पिडा गाविसको घाटवेसीमा सम्पन्न अधिवेशनबाट ३ नम्बर क्षेत्रीय सभापतिमा कृष्ण रिजाल विजय हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार रिजालले ८० मत प्राप्त गरी प्रतिद्वन्द्वी गोपिप्रसाद रिमाललाई पराजित गर्नु भएको हो । रिमालले ५७ मत ल्याउनु भएको थियो । समितिको सचिवमा बिष्णुप्रसाद अर्याल ७८ मत ल्याई विजयी हुनु भएको छ भने उहाँ संग प्रतिस्पर्धा गर्नुभएका गोपिलाल श्रेष्ठको ५७ मत आएको थियो । यसै गरी कोषाध्यक्षमा विनोद भण्डारी ८७ मत पाएर विजयी हुनु भयो भने उहाँका प्रतिद्धन्द्धी रामकुमार पौडेलले ३९ मत प्राप्त गर्नु भएको थियो । क्षेत्रीय समितिको सदस्यहरुमा अर्जुनप्रसाद न्यौपाने (८५),मञ्जु घले ( ७७),बिष्णुप्रसाद रुपाखेती (७६),गोविन्द अधिकारी (७३),भवानी रुपाखेती (७०),प्रेमनाथ कंडेल(६९),शंकरप्रसाद गजुरेल(६६),कुमारवहादुर सिम्खडा(६५) र रामचन्द्र सिलवाल(६३) मत ल्याएर विजयी हुनु भएको थियो ।
क्षेत्रीय समितिको सदस्य पदमा पराजित भएका प्रकाश हमाल(५८),कल्याण सेढाई (४९),रामजी श्रेष्ठ(४९),रुपक खतिवडा(४२),बैकुण्ठमान जोशी(४२),उत्तम घले (४०),ऋषिलाल श्रेष्ठ(३७),नमिर खान (३७) र मखमली सिम्खडाले (२०) मत भएको थियो ।