गजुरी अस्पतालबाट पक्राउ परेका डाक्टर सक्कली, सोही नामका अरु दुई नक्कली

465 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ– अरु संग नाम मिलेकै कारण धादिङको गजुरीमा कार्यरत एक चिकित्सकले दुई दिन सम्म प्रहरी हिरासतमा बस्नुमात्रै परेनन अपमान समेत सहनु परेको छ । doctor-528x330केन्द्रिय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्रका आधारमा धादिङबाट पक्राउ गरेका डाक्टर भने सक्कली ठहरिएका छन् । धादिङको गजुरी अस्पतालमा कार्यरत जनरल फिजिसियन मनोजकुमार साहको अरु दुईजनासँग नाम मिल्दा पक्राउ परेको ब्युरोले  जानकारी दिएको छ ।

नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा अन्इ दुई जना डा मनोजकुमार साह माथि भने अनुसन्धान जारी रहेको बताइएको छ । प्रहरीका अनुसार नेपाल मेडिकल काउन्सिलमा फर्जी कागजात पेस गरी सोही नामका अरु दुई डाक्टरले विभिन्न अस्पतालमा काम गर्दै आएका छन् । अनुसन्धान जारी रहेको भन्दै उनीहरु कार्यरत अस्पतालबारे भने ब्युरोले खुलाएन ।

८ महिनादेखी गजुरी अस्पतालमा कार्यरत डा साहले पेश गरेका कागजात नक्कली नभएको पुष्टि पछि रिहा गरिएको छ ।