दुईवटा श्रीमती ल्याउने अर्जुन जेल चलान

660 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jelधादिङ–नेपाली समाजमा निक्कै चल्तिमा रहेको दुईवटा श्रीमतीको पोई कुनावसी रोई भन्ने उखान  धादिङ मुरलीभञ्ज्याङका अर्जुन परियारको जिवनमा मेल खाएको छ । मेल नखावोस पनि किन ? घरमा भएकी श्रीमती र दुई छोरा छोराको बिच्चली पार्दै नयाँ घरजम गरेर मस्तीका साथ हिडिरहेका अर्जुन आफुले गरेको अपराधका कारण जेल पुगेका हुन । बहु विबाह गरेर घरमा रहेकी श्रीमती र छोराछोरीको बिच्चली पार्ने धादिङको नीलकण्ठ  नगरपालिका वडा नम्बर ९ पाल्पाभञ्ज्याङका ३१ बर्षिय अर्जुन परियार जेल चलान भएका छन । नेपाली कांग्रेसका स्थानीय राजनैतिक कार्यकर्ता गुणमान परियारको छोरा अर्जुन परियारले घरमा श्रीमती तथा छोरा छोरी हुँदा हुदै उर्मिला गुरुङ्गसंग २०७० चैत २४ गते दोश्रो विवाह गरी पहिलेको श्रीमती र छोरा छोराको बिचल्ली वनाएका थिए । दोस्रो बिबाह गरेको आरोपमा अर्जुन विरुद्ध मुद्दा पेपछि फरार रहेका प्रतिवादी अर्जुन परीयारलाई जिल्ला अदालत धादिङले १ बर्ष कैद र रु पाँच हजार जरिवाना फैसला गरेको थियो । एक बर्ष देखि लुकिछिपी विभिन्न स्थानमा बस्दै आईरहेका अर्जुनलाई २०७२ माघ २८ गते घरमै वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी धादिङ जिल्ला अदालत पेश पेश गर्दा कैद तथा सजायँ भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।