विश्व रेडियो दिवस विभिन्न कार्यक्रमहरु गरी मनार्ईदै

861 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, १ फाल्गुन । पाँचौँ विश्व रेडियो दिवसको अवसरमा राजधानीमा विशेष कार्यक्रम भइरहेको छ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको आयोजनामा आज बिहान राजधानीमा प्रभातफेरि पनि भएको थियो । प्रभातफेरि पछि भइरहेको कार्यक्रममा सूचना तथा संचार मन्त्री शेरधन राईले विश्व रेडियो दिवसको अवसरमा नयाँ भूमिकामा प्रस्तुत हुन नयाँ योजना बनाउनुपर्नेमा जोड दिदै संविधान निर्माण र त्यसपछिका चुनौतिको सामना गर्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको टिप्प्णी गर्नुभयो ।
downloadअघोषित नाकाबन्दी खुलेर जनताको जनजीवन सामान्य बन्दै गएका कारण सरकार अब नवनिर्माणमा जुट्नेमा जोडदिदै मन्त्री राईले रुमान्तरण र निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सामुदायिक रेडियोले पनि सरकारको मुल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने उहाँको भनाइ छ ।
सञ्चारनीति २०४९ ले निर्देशित भइरहेको अवस्थामा संविधान जारी भइसकेको अवस्थामा नयाँ सञ्चार नीतिमा सामुदायिक रेडियोका लागि उच्च स्थान दिने र अकोराबले उठाउँदै आएको सामुदायिक रेडियोहरुका मुद्दालाई पनि सम्बोधन गरिने बताउनुभयो ।
कार्यक्रममा त्यसअघि विपतमा रेडियोहरुको भूमिका विषयमा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यसका साथै रेडियो नेपाल, युनिसेफसँगको सहकार्यमा उत्पादन भएको रेडियो कार्यक्रम भन्दै सुन्दै फागुन ११ गतेबाट सीआइएनमार्फत प्रसारण गरिने कार्यक्रमको औपचारिक जानकारी पनि गरिएको थियो ।