मौसम बदली भए संगै आंखाका विरामी बढे

564 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ -जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा आँखाका विरामीहरुको चाप निकै बढेको छ ।
eyeबैशाख १२ गते र २९ गतेको बिनासकारी भुकम्प पछि सदरमुकाम नजिक आई बसोबास गर्ने मानिसहरुको जनसंख्या बढेपछि विरामीहरुको चाप बढेको हो । भुकम्प गए पछि करिब ११ महिनाको अन्तरालमा दैनिक ५० जना आँखाका बिरामीहरु आउने गरेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका ईन्चार्ज रामसिंह तामाङले बताए । १४ बर्ष उमेर देखि ६० बर्ष सम्मका आँखाका बिरामीहरु मध्ये बढीमा बालबालिकाहरु रहेका छन् । बुढा बुढीहरुमा एक्लै आउने आँट कम भएकाले यस उमेरका बिरामीहरु भने कमै मात्रामा आउने गरेको तामाङको भनाई रहेको छ । बिशेष गरी धादिङको उत्तरी क्षेत्रहरुमा सरसफाईमा कमी भएको यस क्षेत्रहरुका बिरामीहरु बढी आउने गरेको तामाले बताए । यसै गरी आँखाका बिरामीहरुले दिनको ३ पटक चिसो पानीले सफा गर्ने र घर वरिपरी लगायत ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिए यस रोग लाग्नबाट बच्न सकिने उनले बताए । उता डाक्टहरुको सल्लाहा अनुसार केही समय अगाडि आँखामा बिबिरा आएर अप्रेसन गरे पनि अहिले फेरी पल्जेर अप्रेसन गर्न लागेको आँखा बिरामी कृष्ण थापा मगरले बताउनु भयो । पटक पटक आँखाको अप्रेसन गर्दा आँखा हेर्न निकै गाह्रो हुने भएकाले अब अप्रेसन गर्दा राम्रोसँग गरिदिन डाक्टरसमक्ष आग्रह गर्नु भयो । यसै गरी लामो समय सँग भारतले गरेको अघोषित नाका बन्दीका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी र चस्मा भने अझै अभाव भएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिंह तामाङले बताउनु भयो । भारतले गरेको नाका बन्दी चार महिनाको अन्तरालमा खुले पछि सामुदायिक आँखा केन्द्र धादिङमा औषधी आए पनि चस्मा आउँन भने अझै केही समय लाग्ने तामाङ बताउनु हुन्छ ।
यसै गरी मौसम परिवर्तन हुन लाग्दै गर्दा जिल्लाका अधिकांश क्षेत्रहरुमा आँखा पाक्ने बिमारीहरु देखिएको तामाङले बताउनु भयो । नियमित हुने मोतिया बिन्दु र चस्मा लगाउने समस्या भने बिरामीहरुलाई निरन्तर रुपमा मै हुने उहाँको भनाई रहेको छ ।