महादेबवेसीको किराना पसलमा आगलागी २५ लाख भन्दा बढीको क्षती

1737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती

IMG_0499धादिङको महादेवबेसी स्थित एक होलसेल पसलमा आगलागी भएको छ । थांक्रे गाविस वडा नम्बर ३ को  महादेबबेसी वजारमा रहेको सूर्यवहादुर घलेको होलसेल पसलको गोदामबाट निस्किएको आगोले पसल घर सबै जलेको हो । खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानहरुको होलसेल बिक्री हुने गरेको घलेको पसलमा आईतबार दिउंसो चार वजे तिर आगलागी भएपछि स्थानीयवासी,नेपाल प्रहरी, बैरेनी स्थित श्री नं ६ बाहिनी अड्डाबाट खटिएको नेपाली सेना,आदमघाटमा रहेको शशस्त्र प्रहरी लगायतको टोलीले आगो निभाउन पहल गरेका थिए आगलागीबाट पसलका सामानहरुका साथै, गर गहना, महत्वपूर्ण कागजपत्र, लत्ता कपडा समेत जलेर नष्ट भएको र अहिले सम्म करिव २५ लाख भन्दा बढीको क्षती भएको अनुमान गरिएको पसल धनी घलेले वताएका छन ।
धादिङको राजमार्ग क्षेत्रमा व्यापारिक तथा औद्योगिक करिडोर वन्दै गएपनि राजमार्ग क्षेत्रमा एउटा पनि दमकल नभएका कारण आगलागी हुंदा नियन्त्रण गर्न कठिनाई हुने गरेको छ । सांझ सम्म पनि पसलको् आगो निभाउन नसकिएपनि थप घरमा आगजनी हुन नदिन स्थानीयवासीले पानीको बोकेर आगो निभाउने प्रयास गरिरहेका छन । आगलागी भएको घरबाट कुनै पनि सामान वाहिर निकाल्न नसकिएको पिडित घलेले वताए । आगजनीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । महादेवबेसी वजार दक्षिणीपुर्वी धादिङको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको छ ।

आगलागी पछिका दृष्यहरु (फोटो फिचर )

IMG_0497

aag lagi 1 aaglaagi 2 aaglaagi 4 aaglagi 3