एमालेकाे तराई केन्द्रित आमसभा

593 पटक पढिएको

सम्पादक: Dhading News

umlकाठमाडौं ।  नेकपा एमालेले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण सम्बन्धी तीन महिने विशेष अभियान अन्तर्गत आजदेखि तराई केन्द्रित आमसभा गर्ने भएको छ ।

अभियान अन्तर्गत आज सुदुरपश्चिमको महेन्द्रनगरमा र भोलि भैरहवामा आमसभा गर्ने भएको छ । आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव इश्वर पोखरेल तथा पदाधिकारीस्तरका अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।