मानवअधिकार सञ्जाल धादिङको गठन

572 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । मानवअधिकार, भूकम्पपछि मानबीय सहायता र पुर्ननिर्माणका विषयमा छलफल वहस गर्दै मानवअधिकार अनुगमन गरि सरोकारवालाहरुलाई सुझाव दिनका लागि १३ सदस्सीय जिल्ला स्तरको मानवअधिकार संजालको निर्माण गरिएको छ ।
12743746_10207298179465294_5556479369768731112_nअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का धादिङ प्रतिनिधि सीताराम अधिकारीको संयोजकत्वमा गठन गरिएको सञ्जालमा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, सहयात्री समाजका राधिका सापकोटा, मानवअधिकारकर्मी रमेश अधिकारी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, दलित महिला संघका अध्यक्ष विमला नेपाली, अपाङ्ग महिला संघका सम्झना रिजाल, समग्र विकास सेवा केन्द्रका कबि पुडासैनी, दलित समाज कल्याण संघका बलबहादुर सुनार लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
मानवअधिकार संजालको निर्णय अनुसार ज्यामरुङ गाविस कार्यालयमा फागुन १४ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरिएको छ ।
सरकारले लागु गरेको विभिन्न कार्यक्रमसंगै पुनरनिर्माण सम्बन्धी विषय र मानवअधिकारका विषयहरुमा छलफल तथा अनुगमन र सरोकारवालाहरुलाई मानवअधिकारप्रति ध्यान दिन आग्रह गर्नेछ । विगतमा पनि विभिन्न समयमा मानवअधिकार अनुगमन तथा सरोकारवाल निकायलाई जवाफदेही वनाउन सञ्जालको गठन हुने गरेको थियो । शशस्त्र युद्धका वेला अधिकारकर्मीहरुले तत्कालिन विद्रोही पक्ष र सरकारी निकायले गर्ने ज्यादती मानवअधिकार हनन, कानून, उल्लंघन, हत्या,हिंसाका बिरुद्ध शशक्त आवाज उठाउने गरेका थिए ।