काँग्रेस महाधिवेशनमा १७ देशका १ सय २६ महाधिवेशन प्रतिनिधिले भाग लिने

704 पटक पढिएको

सम्पादक: Dhading News

Congresधादिङ न्यूज -नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १ सय २६ महाधिवेशन प्रतिनिधिले भाग लिने भएका छन् । महाधिवेशनमा अमेरिका, स्पेन, डेनमार्क, बेल्जियम, भारत, हङकङ, मकाउ, अस्ट्रेलिया, बेलायत, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, लगाएत देशबाट महाधिबेशन प्रतिनिधि उपस्थित हुनेछन् । यस्तै पोर्चुगल, जापान, नेदरल्यान्ड, दक्षिण कोरिया र जर्मनी गरी १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । फागुन १५ गतेसम्म अधिवेशन सकी २० गते अगावै विदेशस्थित समितिका महाधिवेशन प्रतिनिधि नेपाल आइपुग्ने सचिव पराजुलीले जानकारी दिनुभयो ।