धादिङको थाक्रेमा इँटाको चाङ लड्दा दुई जनाको मृत्यु

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ फागुन ः धादिङको थाक्रे गाविस वडा नम्बर ७ मा रहेको एभरेष्ट इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटाको चाङ लड्दा दुई जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन । ittaaशुक्रबार बिहान सांढे आठ वजे तिर भएको सो दुर्घटनामा परेर ज्यान गुमाउनेमा भट्टामा काम गर्ने बांके नेपालगन्जका ६० वर्र्षीय जमिम कचगर र उनका ५ वर्षीय छोरा सलिम कचगर छन । चिम्नीले लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रनाउ सविन प्रधानले बताउनु भयो ।
घाइते रोल्पा ताराबाङ–९ का ३५ वर्षीय सुरेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईतेको धार्केस्थित शिवदर्शन अस्पतालमा प्राथमिक उपचार पछि काठमाण्डौं पठाईएको छ । राजधानीमा नयाँ ईट्टाभट्टा खोल्न सरकारले रोक लगाएपछि धादिङको राजमार्ग क्षेत्रमा दर्जनौं ईट्टाभट्टा खुलेका छन । उद्योगहरुले सुरक्षामा निकै कम चासो दिने गरेका कारण पटक पटक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।
नेपालका विभिन्न स्थान र भारतबाट समेत यहाँ परिवार सहित कामको लागि आउनेहरुको संख्या निकै रहेको छ । परिवारनै ईट्टाभट्टामा काम गर्ने भएपछि उनिहरुको साथमा रहेका वालवालिका समेत सोही भट्टामा रहने गर्दा वालवालिकाको पढाई समेत विग्रने गरेको छ । शुक्रवार ज्यान गुमाएका वालक पनि बाबुको साथमा रहेका थिए ।