खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि जिल्ला स्तरिय समन्वय बैठक

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संगिता आले मगर/धादिङबेसी– अक्सफाम र एक्सन नेपालको साझेदारीमा संचालित आपत्कालिन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत त्रिपुरेश्वर र सत्यदेवी गाविसमा संचालित क्रियाकलापहरुको बारेमा जिल्ला स्तरका सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले धादिङबेसीमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।DIS Meeting1
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडाल, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, सत्यदेवी गा.वि.स.का सचिव लिलामणी वि.क., त्रिपुरेश्वर गाविसका सचिव दुर्गा प्रसाद रिजालका साथै जिल्लाका विभिन्न सहकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाले अक्सफामसँग साझेदारी कार्यक्रम संचालन गरिरहेको विभिन्न क्रियाकलापहरु “कामका लागि नगद”मा अति दयनिय परिवारमा सहयोग, पशुपालनमा सहयोग, खुद्रा पसल, समुहगत र काम गर्दा परेका समस्या र समाधानका लागि गरिएका प्रयत्नहरुको बारेमा छलफल भएको थियो । कार्यक्रमको बारेमा “आपत्कालिन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम”का कार्यक्रम अधिकृत श्याम कृष्ण बजगाईँले प्रस्तुती गर्नुभएको थियो । साथै कार्यक्रमलाई एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गानाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको फिल्ड अनुगमन गरिसकेका कृषि विकास कार्यालय धादिङका प्रमुख महेन्द्रराज कौडाल कार्यक्रम निक्कै अनुकरणीय रहेको जानकारी दिएका थिए । त्यस्तै जिविस धादिङका विनोद अर्यालले एक्सन नेपालले अक्सफामसँग मात्र नभइ सबै साझेदारी निकायहरुसँगको विभिन्न कार्यक्रम निकै उपलब्धि मुलक रुपमा यसरी नै संस्थालाई अगाडी बढाउँदै धादिङको विकासका लागि सहयोग गरिरहन अनुरोध गर्नु भएको थियो । साथै विभिन्न अन्य निकायका सहभागिहरुले पनि कार्यक्रमको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।