माधवकुमार नेपालले भने, ‘वैशाखमा स्थानीय चुनाव’

357 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भीमदत्तनगर । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताएका छन् ।

आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुगेका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राखे ।

“मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुन्छ ।” उनले भने – “जनप्रतिनिधिविहीन हुँदा समस्या भएको छ ।” स्थानीय निकायको निर्वाचन गरी ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेपालको जोड थियो ।

कार्यक्रममा दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामी आव ०७३/७४ का लागि एक अर्ब, ८६ करोड ५५ लाखको अनुमानित बजेट प्रस्तुत गरे । आगामी योजनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास बजेटमा प्राथमिकतामा दिइएको छ ।