प्रेस चौतारी खोटाङमा पुनः आचार्य
695 पटक पढिएको
खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा पुनः हरिबोल आचार्य चयन भएका छन् ।
सोमबार सम्पन्न चौतारीको १०औँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मतिमा अध्यक्षमा चयन भएका हुन् ।
पन्ध्र सदस्यीय समिति रहेको चौतारीको उपाध्यक्षमा युवराज रोइला, सहसचिवमा शर्मिला राई र सचिवमा सुनिता मगर चयन भए ।
समितिको बैठकले कोषाध्यक्षको चयन गर्ने चौतारीले जनाएको छ ।