“कामका लागि नगद” अन्तर्गत त्रिपुरेश्वर र सत्यदेवी गा.वि.स.मा नगद वितरण

995 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ/ एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत त्रिपुरेश्वर र सत्यदेवीमा संचालन भईरहेका विभिन्न क्रियाकलापहरुको नगद वितरण गरिएको छ ।
कार्यक्रम शुरु भएपछि कामका लागि नगद कार्यक्रम र अति असाहायलाई सहयोग कार्यक्रम अन्तर्गतको दोस्रो चरणको र पशुपालन सहयोग, खुद्रा तथा साना पसल सहयोग कार्यक्रम अन्तर्गतको पहिलो चरणको रकम उपलब्ध गराइएको छ । भुकम्पबाट पिडित परीवारहरुको आपतकालिन खाद्य सुरक्षालाई सहज बनाउँदै जीविकोपार्जनलाई सहयोग पु¥याउने उद्देश्यका साथ त्रिपुरेश्वर र सत्यदेवी गा.वि.स.मा संचालन भईरहेको कार्यक्रम अन्तर्गत स्थानीयलाई नगद वितरण गरिएको हो । IMG_8265यस परियोजनाबाट सत्यदेवीमा र त्रिपुरेश्वर गाविसमा कामका लागि नगद कार्यक्रममा १० हजार ५ सय ७५ जना लाई १५ दिनको ५२५ का दरले रु ७ हजार ८ सय ७५, अति असहाय परीवारको लागि सहयोग मा २ सय ६ घरधुरीलाई र दोस्रो चरण अन्र्तगत रु ७ हजार ५ सय, खुद्रा तथा साना पसल ९८ वटाका लागि पहिलो चरण अन्र्तगत रु १० हजार ५००, पशुपालन सहयोगमा १ सय ९१ परीवारलाई पहिलो चरण अन्र्तगत १० हजार ५०० जम्मा गरी १ करोड २८ लाख ८३ हजार ३ सय रुपैँया नगद वितरण गरिएको छ । पहिलो चरणमा भएको सम्झौता अनुसार स्थानीयले पशुपालन अन्तर्गत पाएको पहिलो चरणको रकमको उपयोगको अवस्थामा दोस्रो चरणको कार्यक्रमबाट पनि सहयोग प्राप्त गर्नसक्ने अक्सफामले जनाएको छ ।
एक्सन नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत सम्पन्न भएका क्रियाकलापमा सहभागि स्थानीयलाई नगद वितरण गरिएको हो । यही फागुन १५ गते त्रिपुरेश्वर गाविसको वडा नम्वर ३ को अचनेटारमा आयोजित कार्यक्रममा नगद वितरण गरिएको हो भने फागुन १६ गते सत्यदेवी गाविसको वडा नम्वर ७ बच्छलामा कार्यक्रम गरी कामका लागि नगद क्रियाकलापमा सहभागि स्थानीयलाई नगद वितरण गरिएको हो । कामका लागि नगद कार्यक्रमबाट सो क्षेत्रका स्थानीय समुदायले आफ्नो समुदायको आवश्यकता र सामाजिक पूर्वाधारको विकासको लागि एक महिनामा २९ दिनसम्म काम गर्ने र सो काम बापतको ज्याला स्वरुप नगद समेत आउने भएपछि स्थानीयको आवश्यकता समेत पुरा भएको छ । यसमा पनि विशेष गरी भुकम्पबाट क्षति पुगेका साना सिँचाई आयोजनाको पुननिर्माण, मर्मत, एक समुदायबाट अर्को समुदायसम्म पुग्ने गोरेटो बाटो, काठे पुलहरु लगायतका सामाजिक काममा सहयोग गर्दै आएको एक्सन नेपालका कार्यक्रम अधिकृत श्यामकृष्ण बजगाईले बताउनुभयो ।