ट्रकको ठक्करबाट एकको मृत्यु

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12003899_466722553506086_6738628061153795502_nधादिङ,१८ फागुन – नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोर्खाका अध्यक्ष भिमलाल श्रेष्ठका दाजु गणेशलाल श्रेष्ठको मंगलवार सांझ मोटरसाईकल दुर्घटनामा परेर ज्यान गएको छ ।
पृथ्वीराजमार्ग हुंदै काठमाण्डौबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ८३५४ नम्बर को ट्रकले चरौंदीबाट बेनिघाट आउँदै गरेको बा ६८ प ७४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाईते भएका श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल सवार श्रेष्ठलाई पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाविसको बादरेमोडमा   ट्रकले ठक्कर दिएको र उपचारको लागि अस्पताल लैजांदै गर्दा बाटोमानै मृत्यु भएको बेनिघाट प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडी बसेर यात्रा गरिरहेका नुवाकोट जिल्ला दुईपिपल गाविस घर भएका दिपक तामाङ गम्भिर घाईते भएका छन । घाईते तामाङको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।