प्रेस चौतारीको आठौं राष्ट्रिय सम्मेलन अब जेठमा

645 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय सम्मेलनको मिति सरेको छ ।

press-chautariप्रेस चौतारीको केन्द्रीय सचिवालय बैठकको सर्वसम्मत निर्णय अनुसार राष्ट्रिय सम्मेलन आगामी जेठ ६, ७ र ८ गते काठमाडौंमा गर्ने भएको छ ।

राष्ट्रिय सम्मेलन यसअघि चैत्र ४, ५ र ६ गते गर्ने निर्णय भएको थियो ।

नयाँ संविधान अनुकुल संघीय ढाँचा अनुसार बिधान तयारी र अन्य आन्तरिक कामहरु गर्नुपर्ने भएकाले निर्धारित मितिमा सम्मेलन गर्न नसकिएको प्रेस चौतारीले जनाएको छ ।

नाकाबन्दीका कारण आन्तरिक तयारी पुरा नभएको तथा जिल्ला सम्मेलनहरुपनि नसकिएकाले राष्ट्रिय सम्मेलन सार्नुको बिकल्प नरहेको प्रेस चौतारीले बुधबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सम्मेलन तयारीको लागि आगामी चैत्र २० र २१ गते हेटौंडामा केन्द्रीय कार्यसमितिको बैठक गर्ने निर्णय भएको छ । त्यस्तै जिल्ला सम्मेलनहरुपनि चैत्र १५ सम्म सम्पन्न गरिसक्न निर्देशन दिइएको छ ।