काँग्रेसमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न,

531 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

s]Gb|Lo ;b:o yfkfn] dxfdGqL kbdf pDd]bjf/L btf{ g]kfnL sfFu|];sf] hf/L !#cf}F dxflwj]zgcGtu{t gofF g]t[Tjsf nflu s]Gb|Lo ;b:o uug yfkfn] dxfdGqL kbdf pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसको तेह्रौँ महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्म विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ ।

पदाधिकारीमा तीन समूहसहित एक कोषाध्यक्षको उम्मेदवारी परेको छ । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी उम्मेदवारी मनोनयन दर्ताका लागि अपराह्न १२ बजेसम्मको समय रहेको थियो । सो उम्मेदवारी मनोनयनका क्रममा खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए।

यस्तै दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् । नामावली प्रकाशन, दाबी विरोध लगायतका कार्यक्रम भइरहेको संयोजक अधिकारीले बताए ।